सभापति डा.राणाले आफ्नो समितिले गरेका काम गर्वका साथ सभामुखलाई जानकारी गराइन्

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले कृषकहरूको समस्या समाधानमा विभिन्न निर्णयहरूसहितका काम गरिएको बताएकी छिन् ।

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको छलफलमा सभापति डा.राणाले कृषकहरूको बालिनाली खाएर नोक्सानी गर्दै आएको बाँदर नियन्त्रणमा प्रयासहरू सुरु गरिएको बताएकी छिन् । उनले समितिबाट खाद्य सुरक्षाका विषयमा पनि विभिन्न निर्णय भएको जानकारी गराएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए ।

सभापति डा.राणाले गाउँका जनताको खेतीपाती बाँदरले खाइदिएर हैरान बनाएको बताइन् । उनले भनिन्, ‘गाउँका जनताले लगाएको बालिनाली खाइदिएर हैरान बनाएको छ । बाहिरबाट हेर्दा सामान्य लाग्न सक्छ । यो विषय गाउँका जनताको लागि निकै ठूलो समस्या हो ।’

सभापति डा.राणाले बाँदर नियन्त्रणका लागि विज्ञहरूमार्फत नेपाली प्राविधिकलाई तालिम दिनेलगायतका कुराहरूमा प्रयास भइरहेको बताइन् ।

किसानहरूलाई आवश्यक पर्ने बीउ, मल तथा सरकारबाट हुने सहयोगका विषयमा पनि समितिमा छलफल भएको डा.राणाले बताएकी छिन् । डा.राणाले आफ्नो समितिको प्रगति विवरण सभामुख घिमिरेलाई जानकारी गराएकी हुन् ।

Published : Sunday, 2024 January 21, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया