जुवातास खेल्ने गोपालबहादुरसहित पाँच जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–४ स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा बेदकोट नगरपालिका–९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९४ रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Saturday, 2024 January 20, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया