मर्स्याङ्दीमा जलेर ४० वर्षीया महिलाको मृत्यु, १० लाख पनि जल्यो

पोखरा । लमजुङ जिल्लामा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

मर्स्याङ्दी गाउँपालिका–४ स्यागे बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई बिहीबार राति आगलागी भएको छ । आगलागी हुँदा श्रेष्ठकी श्रीमती ४१ वर्षीया सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रूपियाँ समेत जलेको छ ।

आगलागीबाट करिब १ करोड ४४ लाख ७५ हजार २ सय रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागीको घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2024 January 20, 7:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया