पेस्तोल र गोलीसहित दुई जना पक्राउ

हेटौँडा । मकवानपुर जिल्लामा पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उप–महानगरपालिका–१५ रातोमाटेबाट पेस्तोल १ थान, गोली १ थान र सेतो रंगको पाउडर जस्तो धुलो पदार्थ करिब २ किलो ७ सय ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा बाजुराको हिमाली नगरपालिका–१ बस्ने ३१ वर्षीय देवबहादुर थापा र नवलपुरको कावासोती नगरपलिका–५ बस्ने ५७ वर्षीय वीरबहादुर थापा मगर रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट काकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको छ ।

Published : Friday, 2024 January 19, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया