कम्पालमा प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरवीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता भएको छ ।

नेपाल समयअनुसार शुक्रबार युगाण्डामा प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरका बीच भेटवार्ता भएको हो ।

युगाण्डाको कम्पालामा असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९औँ शिखर सम्मेलन भएको छ । सम्मेलनका क्रममा साइडलाइन वार्तामा प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।

दाहाल र जयशंकरका वीच भएको भेटवार्ता तथा कुराकानीका विषयमा दुबै पक्षले केही भनेका छैनन् ।

केही दिन अगाडि मात्रै भारतीय विदेशमन्त्री जयशंकरले दुई दिने नेपाल भ्रमण गरेका थिए । भ्रमणका बेला विभिन्न विषयमा छलफल र परामर्श भएका थिए ।

Published : Friday, 2024 January 19, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया