सशस्त्र प्रहरीद्वारा पशुपतिनाथ मन्दिरमा ह्वील चेयर प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बेल नेपालले २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरूकोे सहजताको लागि ह्वील चियर हस्तारन्तरण गरेको छ ।

बिहीबार नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीलाई चार वटा ह्वील चियर हस्तान्तरण गरेका हुन् ।

नायब महानिरीक्षक थापाले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मालम्बी तथा भक्तजनहरूको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व रहेको बताएका छन् ।

जनसम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरूको सामूहिक प्रयासबाट ४ वटा ह्वील चियर हस्तारन्तरण गरिएको छ ।

विगत ६ वर्षदेखि निर्माण अवस्थामा रहेको मन्दिरभित्रको यज्ञशालामा टुटफुट भएका मार्बल र मन्दिरको बाहिरी भागमा ढुंगाहरू विछ्याई जीर्णोद्धार समेत गरिएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति, गुल्मपति लगायत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।

Published : Thursday, 2024 January 18, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया