कालोमोसो काण्ड सेलाउन नपाउँदै दुर्गा प्रसाइँले कुटाइ खाए

बाग्लुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई एकजना युवकले बाग्लुङ जिल्लामा चप्पल प्रहार गरेका छन् ।

बिहीबार प्रसाइँलाई बागलुङमा चप्पल प्रहार भएको हो । व्यवसायी प्रसाइँ ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका थिए ।

प्रसाइँलाई चप्पल प्रहार गरेको अभियोगमा प्रहरीले बाग्लुङ नगरपालिकाको वडा नं. ७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङले मेडिकल व्यवसायी प्रसाइँलाई मञ्चमा उक्लने क्रममा गौतमले चप्पल प्रहार गरेको जनाएको छ ।

बागलुङको लोकतान्त्रिक चोकमा बिहीबार आयोजित कार्यक्रममा मञ्चमा चढ्न लाग्दा गौतमले चप्पल प्रहार गरेका हुन् ।

गौतममाथि प्रसाइँका समर्थकले कुटपिट समेत गरेका छन् । कार्यक्रममा प्रसाइँले देश बलियो बनाउन नेपाली बलियो हुनुपर्ने बताएका छन् ।

मेडिकल व्यवसायी प्रसाइँले हरेक नागरिक आर्थिक रुपमा बलियो नभए देश बर्बाद हुने बताएका छन् ।

यसअघि, मेडिकल व्यवसायी प्रसाइँलाई युवा संघका कार्यकर्ताहरूले कालोमोसो दलेका थिए ।

Published : Thursday, 2024 January 18, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया