सत्ता गठबन्धनका उम्मेदवार जिताउन आग्रह, ओखलढुङ्गामा सिटौला-खतिवडासहितका नेताहरू भाेट माग्दै

ओखलढुङ्गा । राष्ट्रिय सभाको साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीले ओखलढुङ्गामा मत मागेका छन् ।

बिहीबार साझा गठबन्धनले ओखलढुङ्गामा आयोजना गरेको कार्यक्रममा सिटौलाले योभन्दा पहिला भएको राष्ट्रिय चुनावमा भोटहरू बिग्रिएको र १-२ भोटले हराएकोले सबै साथीहरूको सल्लाह अनुसार तराईको सबै जिल्लाहरूमा सहभागी भएर पहाडी जिल्लाहरूमा मत माग्न आएकाे बताए ।

उनले ०६२/६३ को जनआन्दोलन शीर्ष मुख्य घटकको सम्पूर्ण पार्टीहरू एक ठाउँमा रहेको दलहरूकाे अहिलेकाे गठबन्धन भएको बताए । गठबन्धन जनताको लागि बनेको उनले बताए । शान्ति सम्झौता दुई मुख्य ब्यक्ति आफू र गिरिजाप्रसाद कोइराला तथा चम्पादेवी कार्की अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´को प्रतिनिधि सम्झेर भोट हाल्न अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गामा गठबन्धन सम्पूर्ण रुपले सफल भएको बताए । उनले भोट गठबन्धनका उम्मेदवारलाई दिनुपर्ने बताए ।

कृष्णप्रसाद सिटौला नेपालकै नेता भएकोले अन्य दलको नेताहरूले पनि भोट दिनु पर्ने बताए । उनले चम्पादेवी कार्कीलाई पनि विजयी बनाउनुपर्ने दायित्व गठबन्धनको रहेकाे बताए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल, प्रदेश सभा सदस्यहरू कुन्दनराज काफ्ले, प्रदीपकुमार सुनुवार र गोपाल लिम्बु, नेपाली कांग्रेस झापा र सोलुखुम्बुका जिल्ला सभापतिहरू, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रका अध्यक्ष लगायतकाे सहभागिता रहेको थियो ।

Published : Thursday, 2024 January 18, 4:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया