कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका कार्की कोषको कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् ।

कार्कीको कार्यकाल ४ वर्ष हुनेछ । राष्ट्र बैंकबाट अवकाश भएपछि कार्की २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

५ क्षेत्रीय ग्रामिण विकास बैंकको मर्जरपछि तयसको नेतृत्व कार्कीले गरेका थिए ।

Published : Wednesday, 2024 January 17, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया