दाङमा मोटरसाइकल दुर्घटना, सविनको मृत्यु

घोराही । दाङ जिल्लामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

तुलसीपुर उप–महानगरपालिकाको वडा नं. १७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ ।

मंगलबार राति मोटरसाइकल हुँदा चालक मानपुर बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Published : Wednesday, 2024 January 17, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया