प्रहरी प्रवक्तामा डीआईजी ढकाल नियुक्त

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी नायव महानिरीक्षक ढकाललाई ९८५१२–९२१११ मा सम्पर्क गर्न सकिनेछ ।

यसअघि, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की प्रहरीको केन्द्रीय प्रवक्तामा तोकिएका थिए । कार्कीको स्थानमा डीआईजी ढकाल आएका छन् ।

Published : Wednesday, 2024 January 17, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया