सभापति देउवा आफ्नै निवास बुढानिलकण्ठमा सरे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार बुढानिलकण्ठस्थित आफ्नैै निवासमा सरेका हुन् ।

धुम्बाराहीस्थित भाडाको निवासमा बस्दै आएका सभापति देउवा आफ्नै निवासमा सरेका हुन् । देउवाकाे निवास मर्मतसम्भार सम्पन्न भएपछि निवास सरेकाे प्रेस सल्लाहकार गाेविन्द परियारले बताएका छन् ।

तत्कालीन समयमा प्रधानमन्त्री रहेका बेला देउवा बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।

Published : Wednesday, 2024 January 17, 3:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया