उपाध्यक्ष डा.लामा र सुङवीच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङवीच लुम्बिनीको विकासमा सहकार्य गर्ने बिषयमा छलफल भएको छ ।

उपाध्यक्ष डा. लामा र सुङवीच बुधबार भएको भेटवार्ताम शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढिभन्दा बढि ल्याउने लगायतका विषयमा छलफल भएको हो ।

उपाध्यक्ष डा.लामाले चिन र नेपालविचको सम्बन्ध भगवान बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । चीनमा बुद्धका अनुयायीहरू धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उपाध्यक्ष डा. लामाले आग्रह गरेका छन् ।

चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएशनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताएका छन् ।

उनले बुद्ध जन्मस्थल चिनियाँहरुका लागि पवित्र स्थल रहेकाले यसको प्रचार प्रसार गर्ने बताए । लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु,भिक्षुणी सहभागी छन् ।

Published : Wednesday, 2024 January 17, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया