प्रहरी आचारसंहिता अनुरुप कार्यसम्पादन गर्नेलाई पुरस्कृत गर्छु : डीआईजी खनाल

पोखरा । गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकाशराज खनालले सबै प्रहरी कर्मचारीले जिम्मेवारीलाई निष्ठापूर्वक ढङ्गले निर्वाह गर्न निर्देशन दिएका छन् ।

डीआईजी खनालले मातहतलाई सम्बोधन गर्दै निष्ठापूर्वक काम गरेमा मात्रै प्रहरी संगठनले अंगिकार गरेको मूल्य मान्यताहरूले सार्थकता पाउने बताएका छन् ।

खनालले प्रहरी कार्यालयमा रहेका विभिन्न शाखा, उपशाखाको निरीक्षण गरेका छन् ।

उनले प्रहरी कर्मचारीलाई व्यावसायिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा निर्देशन पनि दिएका छन् ।

उनले जस्तोसुकै परिस्थितिमा पनि संगठनको मूलभूत उद्देश्य प्राप्तिका लागि सबै प्रहरी प्रतिवद्ध हुनुपर्ने बताएका छन् ।

खनालले प्रदेश मातहतका जिल्लाहरूको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा प्रदेश अन्तर्गतका जिल्लाका प्रहरी प्रमुखहरूसँंग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

डीआईजी खनालले संगठनको उद्देश्य र प्रहरी आचारसंहिता अनुरुप कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत र आचारसंहिता विपरीत जानेलाई कारवाही गर्ने चेतावनी पनि दिएका छन् ।

Published : Tuesday, 2024 January 16, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया