कार्कीद्वारा पाखाबारीमा ४५ वर्षीया महिलालाई करणी

काठमाडौं । उदयपुर जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ५० वर्षीय टंकबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । कटारी नगरपालिका–८ बेलटार मरुवा बस्ने कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

Published : Tuesday, 2024 January 16, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया