कांग्रेसबाट राष्ट्रियसभामा गठबन्धनका साझा उम्मेदवार बस्नेतसँग तरुण अध्यक्ष गुरुङकाे भेट

काठमाठौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल कांग्रेसबाट राष्ट्रियसभामा गठबन्धनको साझा उम्मेदवार बनेका जीतजंग बस्नेतसँग भेट गरेका छन् ।

सोमबार ललितपुरस्थित सम्पर्क कार्यालयमा अध्यक्ष गुरुङले उम्मेदवार बस्नेतसँग भेट गरेर चुनावी प्रचार प्रसार र अन्य सहयोग गर्न तरुणहरू तयार रहेको बताएका हुन् ।

राष्ट्रियसभाको उम्मेदवार बनेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष पनि हुन् । बस्नेत हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् ।

बस्नेतलाई कांग्रेसले बागमती प्रदेशमा राष्ट्रियसभाको टिकट दिएको छ । बस्नेतको पक्षमा माहोल बनाउन तरुण दलले पनि आफ्नो तर्फबाट गतिविधि गर्दै आएको छ ।

Published : Monday, 2024 January 15, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया