कामना सेवा विकास बैंकको ‘तिम्राई लागि मुद्दती खाता’को विज्ञापनमा नायक तथा युवा व्यवसायी दिल श्रेष्ठ

काठमाडौं । नायक तथा युवा व्यवसायी दिल श्रेष्ठले कामना सेवा विकास बैंकको ‘तिम्रै लागि मुद्दती खाता’ अभिनय गरेका छन् ।

विभिन्न नेपाली चलचित्र र म्युजिक भिडियोहरूमा अभिनय गरेका नायक श्रेष्ठले कामना सेवा विकास बैंकको विज्ञापनमा अभियन गरेका हुन् ।

कामना सेवा विकास बैंकको तिम्रै लागि फिक्स्ड डिपोजिट (तिम्रै लागि मुद्दती खाता)मार्फत आफ्ना प्रियजनहरूलाई आर्थिक सुरक्षाको उपहार दिनुहोस् भन्ने सन्देश विज्ञापनमा उल्लेख छ ।

आफ्नो प्रियजनको सपनामा आज लगानी गर्नुहोस्, किनभने तिनीहरूको भोलि महत्वपूर्ण छ भन्ने नारा बैंकले दिएको छ ।

कामना सेवा विकास बैंकले काठमाडौंसहित देशभरिका अधिकांश जिल्लाहरूमा आफ्नो सेवा दिँदै आएको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि विभिनन कार्यक्रम र योजनाहरू समेत दिँदै आएको छ ।

Published : Monday, 2024 January 15, 1:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया