प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कार्की नियुक्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की नियुक्त भएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले एसएसपी कार्कीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । कार्की आईजीपीको सचिवालयमा छन् ।

प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायत लुम्बिनी प्रदेश प्रहरीको प्रमुखमा सरुवा भएपछि केन्द्रीय प्रवक्ता पद रिक्त थियो ।

एसएसपी कार्की प्रहरीभित्र व्यावसायिक, कुशल, बौद्धिक प्रहरी अधिकृतमा पर्छन् । कार्कीले कास्की, कपिलवस्तु, काठमाडौं जस्ता जिल्लाहरूको कमाण्ड सम्हालिसकेका छन् ।

एसएसपी कार्कीले दुई पटक आईजीपीको सचिवालयमा काम गरिसकेका छन् ।

Published : Monday, 2024 January 15, 12:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया