कांग्रेसका महामन्त्री गगन थापाले मापदण्ड विपरित राखे दुई जना अंगरक्षक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई जना अंगरक्षक ९पीएसओ० राखेको रहस्य बाहिर आएको छ ।

युवा नेता भनेर चर्चित मानिएका थापाले अंगरक्षकका लागि प्रहरी नायब निरीक्षक ९सई०केशवबहादुर घर्ती मगर र प्रहरी सहायक निरीक्षक ९असई० दिनेश कटुवाललाई राखेको स्रोतले जनाएको छ ।

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका महामन्त्री थापाले राजनीतिक शक्तिको आडमा दुई जना जुनियर अधिकृतहरूलाई अंगरक्षकका लागि राखेको आरोप छ ।

गृह मन्त्रालय निकट उच्च स्रोतका अनुसार महामन्त्री थापाले आफूलाई असुरक्षा रहेको भनेर निवेदन दिएपछि सई र असई दुई जना अंगरक्षकका लागि पठाइएको छ ।
कांग्रेसका महामन्त्री थापाले मिति २०८० मंसिरको १४ गते सई केशवबहादुर घर्ती मगर र मिति २०८० कात्तिकको २१ गते असई दिनेश कटुवाललाई अंरक्षकका लागि लिएको गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

महामन्त्री थापाले मापदण्ड विपरित राजनीतिक शक्तिको आडमा पीएसओ लिएको आरोप छ ।

नेता वा कुनै पनि नेपाली नागरिकलाई असुरक्षा महशुस भयो भने सुरक्षा निकायको सिफारिसमा अंगरक्षक अर्थात् पीएसओ दिइन्छ । महामन्त्री थापालाई असुरक्षा कसरी र कहाँबाट भयो रु भनेर कांग्रेसका कार्यकर्ताहरूले चकित परेर सोधिखोजी गर्न थालेका छन् ।

Published : Monday, 2024 January 15, 12:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया