गायिका समीक्षा अधिकारीले पोखरा तताइन्

पोखरा । पोखरा महोत्सवको चौथो दिन गायिका समीक्षा अधिकारीको प्रस्तुति भएको छ ।

महोत्सवमा दर्शकले भरपुर मनोरञ्जन लिएका छन् । महोत्सवमा माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत समेत गर्ने आयोजकले जनाएका छन् ।

महोत्सवमा आइतबार गायिका अधिकारीसंगै राजु गुरुङ, जीवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरि ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नवीना सुवेदी लगायतको प्रस्तुतिमा दर्शकले मनोरन्जन लिएका छन् ।

लाइभ ब्याण्डमा रकहेड्सको प्रस्तुति पनि भएको छ । सोमबारदेखि पोखरा महोत्सवमा विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता हुनेछ ।

१७ टिमको प्रतिष्पर्धा रहने प्रतियोगितामा माघ १ गते बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका माविवीच प्रतिस्पर्धा रहनेछ ।

माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याणवीच प्रतिस्पर्धा रहनेछ । माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा, राष्ट्रिय मावि र पटनेरी माविवीच प्रतिस्पर्धा रहनेछ ।

माघ ६ गते कास्की मोर्डनाइज्ड, अक्सफोर्ड, ज्ञानज्योती, अमरसिंह अंग्रेजी स्कुल, र अञ्जुली बार्डिङ स्कुलवीच प्रतिस्पर्धा रहनेछ ।

महोत्सवमा माघ १ गते लोकदोहोरीतर्फ सोमबार राजु परियार, सिम्रन परियार, प्रजापति पराजुली, जीवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जीवन सिग्देल, दीपक कार्की, मञ्जु बिक, सुनिता नेपालीको प्रस्तुति रहनेछ । लाइभ ब्याण्डतर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुति रहनेछ ।

Published : Sunday, 2024 January 14, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया