सभापति डा.राणाद्वारा हस्तान्तरण डिग्निटी कीटसहितको राहत तरुण दलले जाजरकोट पठायो

नेपालगञ्ज । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले डिग्निटी कीटसहितको राहत सामग्री नेपाल तरुण दल जाजरकोटलाई जिम्मा लगाएका छन् ।

शनिबार नेपालगञ्जमा अध्यक्ष गुरुङले जाजरकोट तरुण दललाई डिग्निटी कीटको झोला सुम्पिएका हुन् । डिग्निटी कीटको झोला भूकम्पपीडितलाई तरुण दलले वितरण गर्नेछ ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले शुक्रबार तरुण दलका केन्द्रीय अध्यक्ष गुरुङलाई विशेष समारोहका बीच हस्तान्तरण गरेकी थिइन् ।

सभापति डा.राणाबाट हस्तान्तरण भएका राहत सामग्री जाजरकोटका भूकम्पप्रभावित महिलाहरूलाई वितरण गरिनेछ । डा.राणाले करीव एक ट्रक राहत सामग्रीहरू हस्तान्तरण गरेकी हुन् ।

अध्यक्ष गुरुङले सभापति डा.राणासहित सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् । गुरुङले विपतमा परेका जनताको सेवा गर्नु तरुणहरूको दायित्व रहेको बताएका छन् ।

अध्यक्ष गुरुङले केन्द्रीय सदस्य पुष्प बस्नेत, तरुण नेता रमेश चन्दलगायतको टोलीलाई डिग्निटी कीटको झोला सम्बन्धित स्थानमा लगेर वितरण गर्न निर्देशन दिएका छन् ।

१८ प्रकारका सामग्री रहेको कीट ५०० जनालाई पुग्नेछ । १५ प्रकारका सामग्री भएको कीट ५०० जना महिलालाई पुग्नेछ ।

राहतमा सहयोग गर्ने संस्थाहरूमा सुरक्षित मातृत्व सञ्जाल काठमाडौं, सभापति डा.राणाको सचिवालय, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य तथा फुड इन्डस्ट्री प्रा.लि. मोरङ र हिमालय रि इन्स्योरेन्स प्रालि काठमाडौं रहेको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले जनाएको छ ।

Published : Saturday, 2024 January 13, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया