कांग्रेस नेतृ समेत रहेकी सभापति डा.राणालाई नेपालगञ्जमा भव्य स्वागत

नेपालगञ्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवालाई बाँकेमा भव्य स्थागत भएको छ ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीसहित नेपाल तरुण दलका नेता कार्यकर्ताहरुले डा.राणालाई स्वागत गरेका हुन् ।

जाजरकोटका भूकम्प प्रभावितका लागि राहत हस्तान्तरण गर्न आएकी नेतृ डा.राणालाई मन्त्री राणा, नेता चौधरी र तरुणहरुले नेपालगञ्जको राँझा विमानस्थलमा भव्य स्वागत गरेको नेपाल तरुण दल नेपालगञ्ज नगर कार्यसमितिका सभापति सन्दीप शाहले बताएका छन् ।

सभापति डा.राणाले जाजरकोटका भूकम्प प्रभावितका लागि राहत सामग्री नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेकी छिन् । अध्यक्ष गुरुङले नेपाल तरुण दल जाजरकोटलाई राहत सामग्री जिम्मा लगाएका छन् ।

सभापति डा.राणालाई स्वागत गर्न लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री राणा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरी, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय बादशाह कुर्मी र माया पुन, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरु सरिन घिमिरे, मीनबहादुर शाही, स्मिता मोक्तान, सुनिल बस्नेत, लगायत सयौँ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सभापति डा.राणा राहत वितरणको कार्यक्रममा सहभागी भएर शुक्रबार साँझ बुद्ध एयरको उडानमार्फत काठमाडौं फर्किएकी छिन् ।

काठमाडौं फर्किनुभन्दा अगाडि सभापति तथा कांग्रेस नेतृ डा.राणाले नेपालगञ्जस्थित एक होटलमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरुसँग भेटवार्ता गरेकी थिइन् ।

Published : Saturday, 2024 January 13, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया