नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस भालुबाङमा राप्ती पुलबाट खस्यो

देउखुरी । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस भालुबाङको राप्ती पुलबाट तल खसेको छ । शुक्रबार राति राप्ती नदीको

पुलको रेलिङलाई भाँचेर बस तल खसेको छ । दुर्घटनामा परेको बसका यात्रुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) रामबहादुर केसीले बताए ।

दुर्घटनाका बारेमा पूरा विवरण आइसकेको छैन । प्रहरीले केही समयपछि थप विवरण दिने जनाएको छ ।

Published : Friday, 2024 January 12, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया