माओवादीबाट जितेका पालिकाका अध्यक्षले सरकारी गाडी कान्लामा पुर्‍याए, साढे ५ लाख झ्वाम

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले सिक्ने क्रममा दुर्घटना गराएर क्षति भएको गाडीको मर्मत भएको छ ।

अध्यक्ष मोक्तानले प्रदेश ३–०१, ००२ झ ५१०६ नम्बरको गाडी सिक्ने क्रममा दुर्घटना गराएका थिए । मोक्तानले कात्तिक १ गते सिक्ने क्रममा दुर्घटना गराएका थिए ।

मोक्तान माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । गाउँपालिकामा माओवादीको सत्ताको आडमा उनले बबाल गर्दै आएका छन् ।

अध्यक्ष मोक्तानले आफूले दुर्घटना गराएर क्षति पुर्‍याएको गाडीको मर्मत खर्च आफै व्यहोर्नु पर्ने थियो । उनले गाडीको मर्मत खर्च गाउँपालिकालाई तिर्न लगाएका छन् ।

गाडी बनाएको मर्मत खर्चवापत गाउँपालिकाले पाँच लाख ५६ हजार ६ सय ३ रुपियाँ तिरेको छ । अध्यक्ष मोक्तानले राजनीतिक शक्तिको दुरुपयोग गर्दै गाउँपालिकालाई रकम खर्च गर्न लगाएका छन् ।

अध्यक्ष मोक्तानले पार्किङ स्थलबाट गाडी झिकेर चलाउन खोज्दा गाडी कान्लामा जोतिन पुगेको थियो । गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

अध्यक्ष मोक्तानसँग सवारीचालक अनुमतिपत्र छैन । सवारीचालक अनुमतिपत्र नहुँदा पनि सरकारी गाडी चलाएका थिए ।

Published : Friday, 2024 January 12, 7:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया