रामबहादुर बम्जनलाई किन अट्याक भयाे ? क्रिश्चियनकाे हण्डी खानेहरू सक्रिय

गणेश ज्ञावाली

बम्जन को हुन् मेरो चासोको विषयमा कहिल्यै थिएन तर, मलाई याद छ जब यी भात पानी त्यागेर ध्यानमा थिए । तब यी साँच्चिकै ध्यानी हुन कि फटाहा भनेर नेपाल, भारतको प्रमुख मिडिया, बिबिसी मिडिया, पत्रकार अनि अन्तराष्ट्रिय मिडियाले समेत यिनी ध्यान गरेर बस्दा कैयौं दिनसम्म दिनरात क्यामेरा तेर्साउन भ्याएको थिए ।

तर यिनी विरुद्ध कहिले कसैले केही फेला पार्न सकेनन् । यिनले लुकि लुकि खान्छन कि नाई भनेर अन्तर्राष्ट्रिय मिडियाले त कति दिन क्यामेरा तेर्साएरै खिच्या थियो । तर, रिजल्ट केही आएन ।

बम्जन भनेको तामाङ सम्प्रदाय । किराँत समुदायमा इसाईको पहिलो टार्गेट थियो तामाङ । किनभने धेरै बौद्धिस्ट लामाहरू तामाङ थिए । बम्जनले साँच्चै ध्यान गरेर स्वयंलाई बुद्ध भएको प्रमाणित गरायो भने तामाङ सम्प्रदायलाई सिध्याउन इसाईको जुन लगानी थियो । त्यो सबै खेर जानेवाला थियो । त्यसैले उनी विरुद्ध दुनिया कथा कहानी रचियो । बम्जनलाई त्यहाँबाट भाग्न बाध्य बनाईयो । बौद्ध ग्रन्थ अनुसार नै ध्यान साधना गरेर बुद्ध त जो कोहि नि बन्न सक्थ्यो ।

किनभने बुद्ध कुनै व्यक्ति होइन लिखित शास्त्र मात्र पढेर नि बुद्धत्व प्राप्त हुने होइन साधनामार्फत नव चेतनाको ज्ञान प्राप्ति गरेर पाइने पद हो, समग्रमा चेतना वृद्धिको एक तह हो बुद्धत्व प्राप्ति ।

त्यसैले त्यहाँसम्म पुग्न नदिन बम्जनको चरित्र हत्या गरियो सिधा सोझो तामाङलाई तरुनी केसमा फसाइयो हतियारको आरोपमा फसाइयो यिनको वरिपरि प्रहरी कुदाईयो दुनियाँ मुद्धा लगाइयो । दुई/चार मिडियालाई पैसा दिएरै यिनको बारेमा नकारात्मक समाचार लेख्न लगाइयो ।

शाक्यमुनी होस वा मैत्तेय जे भए नि उनले बौद्ध मत कै प्रसार गर्दै थिए न कि इसाईको बुद्धको कुरा गर्दा गौतम बुद्ध कै मात्र कुरा गर्नुपर्ने नि त होइन नि । उनको विरुद्धमा बुद्धको मूर्तिहरू खोलामा फाले, जलाए भनेर नि केही व्यक्तिलाई बोल्न नि लगाइयो उनी साधनामा बस्दा केही बौद्ध मत बोक्नेहरूले आफ्नो चाहना बमोजिम उनलाई हिडाउन नि खोजे तर उनी नहिडेसी तेरो र हाम्रो बाटो अलग भनेर गाली दिएर नि हिडे ।

बम्जनको मत र बहालवाला बौद्धिस्टको मत नमिल्दा बौद्ध समाजमा क्षयीकरण नि भयो त्यसको आरोप नि बम्जनलाई नै लगाइयो । उनले सिद्धार्थ गौतम बुद्धको मतको प्रचार गरेनन त्यसैले सिद्धार्थवादी नि रुष्ट भए भनेर हल्ला चलाइयो । हरेक बुद्धले आफैमा फरक बिचार बोकेको छन र बोक्छन किनभने बुद्ध कुनै व्यक्ति होइन, स्वज्ञान प्राप्तीको डिग्री हो ।

एक विषयमा डिग्री हासिल गरेको ४ फरक व्यक्तिको ४ थरि बिचार आउन सक्छ त्यो नि भुल्न हुन्न । यो कुरालाई तत्कालको बौद्ध मत बोकेर हिड्नेले पचाउन सकेनन । इसाई मात्र होइन थेरवादीहरू समेत यिनको विरुद्ध भए किनभने उनिहरू पनि बमजनको कारण पछि पर्ने भए ।

बुद्ध यहिको मौलिक ज्ञान हुँदाहुँदै नि यसमाथिको वर्चस्वता भोटे, भियतनाम, कम्बोडिया र बर्मेलीहरूको थियो र आजसम्म छ । उनीहरूलाई नि बम्जनको उदयले आफूहरूको नेपालमाथिको अधिपत्य समाप्त हुने डर थियो । त्यसैले उनलाई सिध्याउन यो समूह नि लाग्यो ।

अनि बमजन यदि साँच्चै स्ट्याब्लिस भएको थिए भने किराँत समुदायमा विशेषगरेर तामाङ र लामा समुदायमा इसाईकरण गर्न असम्भव नै हुन्थ्यो । त्यसैले यिनलाई सिध्याउनु नै इसाईको पहिलो अस्त्र थियो । साधनाबाट बिमुख गराएर यिनलाई लुक्न बाध्य बनाइयो । आज बमजन पक्राउ परेको खबर सुने ।

इसाईको कुटिल अभिष्ट पूरा भएको छ अब । खुशी होलान् इसाईहरू । अन्ततः उनीहरूको शिरदर्द पक्राउ परेको छ ।
धन्यवाद प्रचण्ड सरकार ।

किराँत समुदायलाई आफ्नो संस्कृतिमा जोड्नेकडीलाई
हत्कडी लगाउन सफल भएकोमा तिमी निक्कै खुशी होलाउ
बधाई छ ।

Published : Thursday, 2024 January 11, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया