तपस्वी रामबहादुर बम्जनलाई फसाउने को ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई पक्राउ गरेको छ ।

२०७१ साउन महिनादेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनिको रूपमा रहेकी नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क)को जाहेरीमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

वादी नेपाल सरकार प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जन भएको यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला बारा, निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी वतन भएका बीरबहादुर बम्जनको छोरा वर्ष ३० को रामलाल बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट मिति २०७६ माग २३ गते पक्राउ अनुमति प्राप्त भएको थियो ।

अदालतले प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई दिन हुन भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय, सर्लाहीको सि. नं. ८७११, मिति २०७६/१०/२४ गतेको संचार तथा निज रामलाल बम्जन बस्दै आएको स्थानमा अबैध रुपमा विदेशी तथा नेपाली मुद्रा संचित गरी राखेको हुन भन्ने सूचनाको आधारमा निज प्रतिवादी रामलाल बम्जनको खोजतलास गरी फेला परेमा पक्राउ अनुमति समेत प्रदान भएको छ ।

रामलाल बम्जनको खोजतलास गर्ने क्रममा निज काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँमा लुकीछिपी बस्दै आएको भन्ने बुझिन आई आज मिति २०८०/०९/२४ गते करिव १९ः१५ बजे उल्लेखित स्थानमा गई निज बस्दै आएको घर भित्र प्रवेश गरी निजलाई पक्राउ गर्ने क्रममा निज रामलाल बम्जन आफू बस्दै आएको घरको चौथो तल्लामा रहेको दक्षिण तर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा व्यूरोको टोलीले निजलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

रामलाल बम्जनलाई क्रिश्चियन धर्मको प्रचारकहरुको षड्यन्त्रमा पक्राउ गरिएको आरोप छ । रामलाल बम्जनका कारण मकवानपुर, सर्लाही, बारा, सिन्धुली लगायतका जिल्लाका तामाङ समुदाय क्रिश्चियन धर्म छाडेर पुनः आफ्नै धर्ममा फर्किएपछि फसाउन षड्यन्त्र भएको चर्चा छ ।

क्रिश्चियन र यूरोपियन युनियनको अदृष्य डलर खाएको एउटा अनलाइनले रामलाल बम्जनविरुद्ध हर्कत गर्दै आएको छ । केही मिडियालाई क्रिश्चियन धर्म प्रचारकहरुले रामलाल बम्जनविरुद्ध हर्कत गर्दै आएका छन् ।

000

                       प्रेस विज्ञप्ति-२२

“ तपस्वी राम बहादुर बम्जन भन्ने राम लाल बम्जन सम्बन्धमा ”
मिति २०७१ श्रावन देखि बाराको हलखोरियामा राम बहादुर बम्जनको आश्रममा आनिको रूपमा रहेकी नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राम बहादुर बम्जन भन्ने रामलाल बम्जन भएको यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला बारा, निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी वतन भएका बिर बहादुर बम्जनको छोरा अं वर्ष ३० को रामलाल बम्जनलाई पक्राउ गर्न सम्मानित सर्लाही जिल्ला अदालतबाट मिति २०७६/१०/२३ गते पक्राउ अनुमति प्राप्त भएकोले निज प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई दिन हुन भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय, सर्लाहीको सि. नं. ८७११, मिति २०७६/१०/२४ गतेको संचार तथा निज रामलाल बम्जन बस्दै आएको स्थानमा अबैध रुपमा विदेशी तथा नेपाली मुद्रा संचित गरी राखेको हुन भन्ने सूचनाको आधारमा निज प्रतिवादी रामलाल बम्जनको खोजतलास गरी फेला परेमा पक्राउ अनुमती समेत प्रदान भएको।
निज रामलाल बम्जनको खोजतलास गर्ने क्रममा निज काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँमा लुकीछिपी बस्दै आएको भन्ने बुझिन आई आज मिति २०८०/०९/२४ गते करिव १९:१५ बजे उल्लेखित स्थानमा गई निज बस्दै आएको घर भित्र प्रवेश गरी निजलाई पक्राउ गर्ने क्रममा निज रामलाल बम्जन आफू बस्दै आएको घरको चौथो तल्लामा रहेको दक्षिण तर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा यस ब्यूरोको टोलीले निजलाई पक्राउ गरेको ।

पक्राउ व्यक्तिको विवरण
नाम थर: राम बहादुर बम्जन भन्ने राम लाल बम्जन
उमेर: ३४ बर्ष (२०४६/१२/२७ गते)
ठेगाना: जिल्ला बारा, निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी वतन भई
हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँ
शै.यो.: ५ कक्षा
नागरिकता नं.: ३३२१००/४१७१७ (जारी मिति: २०७१/०६/२१ गते बारा)

बरामद दशीहरू
रकम
• बिभिन्न १७ देशका बिदेशी मुद्राहरू ने.रू. ३०,९२,४०६.७ बराबरको रकम
• नेपाल रकम ने.रू. ३, ०३,७५,५०० (तिन करोड तिन लाख पचत्तर हजार पाँच सय)
जम्मा वरामद रकम ने.रू. ३,३४,३७,९०६.७
(तिन करोड चौतिस लाख सैतीस हजार नौ शय छ दसमलब सात रूपैया)

सि.नं. बरामद सामान संख्या
१. मोटरसाइकलको बिलवुकहरु ३
२. Toyota Hilux गाडीको चावी १
३. बिभिन्न ब्राण्डको Pendrive २०
४. SONY लेखिएको Voice Recorder १
५. बिभिन्न ब्राण्डको मेमोरी कार्डहरु २
६. बिभिन्न ब्राण्डको LAPTOP २
७. बिभिन्न ब्राण्डका मोबाइलहरु १४
८. बिभिन्न ब्राण्डका I-pad & tap हरु ५
९. अन्य बिभिन्न कागजातहरु ( Documents) –

अनुसन्धानको क्रममा खुल्न आएका थप विवरण
• प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुला राम तामाङको नाममा रहेको सेतो Toyota Fortuner प्रयोग गर्ने गरेको ।
• सेतो रङको Land Cruiser ZX गाडी निजको प्रयोगको लागी जिल्ला ललितपुर म.न.पा वडा नं. २२ बुङमती बस्ने बर्ष ४५ को बौद्ध श्रवन धर्म संघ ललितपुको अधक्ष्य पनित महर्जनको नाममा धुम्बाराही स्थित United Traders Syndicate Pvt. Ltd शोरूममा रू. ५ करोडमा बुक भएकोमा रू ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको ।
• Cross Fire Bike, 390 CC KTM Duke, Yamaha Ray ZR Scoter समेत ४ वटा मो.सा. प्रयोग गर्ने गरेको ।

 निज तपस्वीको आश्रमबाट विभिन्न समयहरूमा वेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भई रहेको ।

                                प्रवक्ता तथा सूचना अधिकारी

(नवराज अधिकारी)
प्रहरी उपरीक्षक

Published : Wednesday, 2024 January 10, 11:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया