जिल्ला न्यायाधीशहरुको ठूलो संख्यामा सरुवा, को कहाँ पुगे ?

काठमाडौं । न्यायपरिषदले ठूलो संख्यामा जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले ८१ जना जिल्ला न्यायाधीशहरूको सरुवासँगै नवनियुक्त न्यायाधीशहरूको पदस्थापनको निर्णय भएको छ ।

उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश राजेशकुमार काफ्लेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा भएको छ ।

न्यायाधीश माधव धिताललाई उच्च अदालत सुर्खेत, कैलाश गुरुङलाई जुम्ला, नरेशकुमार चौधरीलाई विराटनगर र सरला मोक्तानलाई ओखलढुंगा इजलास पदस्थापन गरिएको छ ।

सानुमाया डंगोललाई पाटनको हेटौँडा इजलासमा पदस्थापन गरिएको छ । नगरबहादुर खड्का र खेमराज भट्टलाई उच्च अदालत जनकपुरको न्यायाधीशका रूपमा पठाइएको छ ।

मातृकाप्रसाद भण्डारीलाई जनकपुरकै राजविराज इजलासमा र अस्मिनकुमार राईलाई उच्च अदालत दिपायलमा पदस्थापन गर्ने निर्णय भएको छ ।

कानून मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदीलाई जनकपुर उच्च अदालतको राजविराज इजलासमा पदस्थापन गरिएको छ ।

महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद जोशी तथा सर्वोच्चका सहरजिस्ट्रार नेत्रप्रकाश आचार्यलाई वीरगन्ज इजलासको न्यायाधीश रहने परिषदले जनाएको छ ।

सहन्यायधिवक्ता रमादेवी पराजुलीलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा पदस्थापन गरिएको छ ।

राजेन्द्र अधिकारी, केशवप्रसाद बाँस्तोला, सूर्यनाथप्रसाद अधिकारी र कृपासुर कार्कीलाई उच्च अदालत विराटनगरमा पठाउने निर्णय परिषदले गरेको छ ।

विराटनगरकै धनकुटा इजलासमा पूर्णेश्वरप्रसाद उपाध्यायको पदस्थापन भएको छ । उच्च अदालत पाटनमा कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासिनी, हेमन्त रावल, दुर्गाप्रसाद ढुंगेल, टीकाराम आचार्य, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको सरुवा भएको छ ।

उच्च अदालत जनकपुरमा जिल्ला न्यायाधीशहरू ओमप्रसाद अर्याल, धु्रवकुमार पिया र कृष्णमुरारी सिवाकोटीको पदस्थापन भएको छ । जनकपुरको वीरगन्ज इजलासमा भरत लम्साल तथा राजविराज इजलासमा कृष्णप्रसाद सुवेदी र नारायणप्रसाद सुवेदीलाई पठाउने निर्णय भएको छ ।

वसन्तराज पौडेललाई तुलसीपुरको नेपालगन्ज इजलास तथा जयानन्द पनेरू, विष्णुप्रसाद अर्याल, सूर्यप्रसाद पराजुली, तेजेन्द्रप्रसाद शर्मालाई बुटवल इजलासमा पदस्थापन गरिएको छ ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा खडकबहादुर केसी र उच्च अदालत दिपायलमा दण्डपाणि शर्मालाई पठाउने निर्णय परिषदले गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा सर्लाहीबाट कमलप्रसाद पोखरेल, पर्साबाट विष्णुप्रसाद उपाध्याय र रामप्रसाद शर्मा, लमजुङबाट शिवप्रसाद खनाल, महोत्तरीबाट कमला पौडेललाई ल्याइएको छ ।

म्याग्दीबाट कृष्णप्रसाद शर्मा, डोटीबाट शिवलाल पाण्डे, रुपन्देहीबाट महेन्द्रराज काफ्ले र दार्चुलाबाट खेमराज भट्टलाई न्यायाधीशमा ल्याइएको छ ।

काठमाडौंमा कार्यरत केशवप्रसाद अधिकारीलाई नवलपरासी, दीपक खनाललाई पर्सा र प्रकाशप्रसाद पण्डितलाई म्याग्दी सरुवा गरिएको छ ।

काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेलाई इलाम सरुवा भएको छ । काठमाडौंका नारायणप्रसाद दाहाललाई खोटाङमा जिल्ला न्यायाधीशका रूपमा पठाइएको छ । शंकरबहादुर राईलाई सोलुखुम्बु तथा कमलप्रसाद ज्ञवालीलाई बर्दिया जिल्ला अदालतमा सरुवा गरिएको छ ।

Published : Wednesday, 2024 January 10, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया