गठबन्धनद्वारा राष्ट्रियसभाका उम्मेदवार जिताउन समिति गठन

काठमाडौं । नेपाली कांग्रेससहितका सत्ता गठबन्धनका दलहरुले राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न समिति गठन गरेका छन् ।

मंगलबार बालुवाटारमा बसेको बैठकले कांग्रेसका नेता रमेश लेखकसहितका नेताहरुको समिति गठन गरेको हो । समितिमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट मनीष सुमन सम्मिलत समन्वय समिति रहेका छन् ।

समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्नेछ ।

समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । गठबन्धनले १९ सीटमा भागबन्डा गरेर उम्मेदवारी दिएका छन् । गठन्धन निकै बलियो अवस्थामा छ ।

Published : Wednesday, 2024 January 10, 12:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया