गृह मन्त्रालयद्वारा १६ जना डीआईजीहरुको सरुवा, गण्डकीमा खनाल

काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरेको छ ।

सोमबारको गृह मन्त्रिस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा भएको सूचनामा उल्लेख छ ।

डीआईजी चन्द्रकुबेर खापुङलाई कोशी प्रदेश, यज्ञविनोद पोखरेललाई मधेश प्रदेश, विष्णुकुमार केसीलाई बागमती प्रदेश, विकाशराज खनाल, कुबेर कडायतको लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।

त्यसैगरी लालमणि आचार्यलाई कर्णाली प्रदेश, रविन्द्र केसीलाई सुदूरपश्चिम प्रदेश, सुरेन्द्रप्रसाद मैनालीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, बुद्धिराज गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, किरण राणालाई केन्द्रीय अनुसन्धान व्यूरो, राजेशनाथ बास्तोलालाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्साल, भरतबहादुर बोहरालाई प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा भएको छ ।

गृह मन्त्रालयले डीआईजी भीमप्रसाद ढकाललाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको कार्यालय, दुर्गा सिंहलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, उमेशराज जोशीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र जनक भट्टराईलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा भएको छ ।

Published : Tuesday, 2024 January 9, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया