बालकुमारी प्रकरणमा जिम्मेवारी खोसिएका एसएसपीको यस्तो थियो रौतहट काण्ड

काठमाडौं । विवादास्पद छविका एसएसपी शिद्धिविक्रम शाहको कर्तुतहरू शक्तिको आडमा लुकाउने प्रयासहरू भएपनि बालकुमारी प्रकणमा छताछुल्ल भएको छ ।

एसएसपी शाहलाई निलम्बन गरिएको छैन । शाहलाई बचाउन एउटा भूमिगत गिरोह सक्रिय भएर लागेको छ । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको जिम्मेवारी एसएसपी शाहले लिनुपर्ने अवाज उठ्दै आएको छ । शाहलाई निलम्बन गरेर कारबाही गर्न दवाव आइरहेको स्रोतले जनाएको छ ।

शाहले जहाँ कमाण्ड सम्हालेका छन् त्यहाँ उत्पात मच्चाएर कारबाही (निलम्बन)मा पर्दै आएका छन् । रौतहट जिल्लामा एसपी भएका बेला काला कर्तुतहरू समाचारमार्फत भण्डाफोर गरिदिएपछि पत्रकारहरूलाई लागुऔषध कारोबारमा फसाउन खोजेका थिए । पत्रकारलाई फसाउन खोजेपछि शाह निलम्बनमा परेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी खोसिएको थियो ।

दुई वर्ष अगाडि अर्थात २०७८ सालको साउन/भदौ महिनातिर रौतहटमा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउन शाहले ठूलो हर्कत गरेका थिए ।

तत्कालीन एसपी शाहको गलत कर्तुतमा सहयोग गरेको अभियोगमा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साह निलम्बनमा परेका थिए । ती दुबै प्रहरी घुमुवाका रुपमा कार्य गर्दै आएका थिए ।

मोजुबुल्लाह चढ्ने भारतीय नम्बर प्लेट बीआर ३० एस १८८७ को मोटरसाइलमा लागुऔषध राखेको आरोपमा पक्राउ पर्ने रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–१ का २४ वर्षीय धिरज यादव र सर्लाहीको रामनगर गाउँपालिकाका २३ वर्षीय जितेशकुमार यादवलाई अपराधिक षड्यन्त्र लागुऔषध मुद्दामा जिल्ला अदालतबाट अनुसन्धानका ६ दिनको म्याद लिइएको थियो ।

२०७८ सालको साउन ३२ गते गौरस्थित ग्रिन सिग्नल होटेल अगाडि साँझ ७ बजे सडक पेटिमा राखिएको पत्रकार मोजुबुल्लाह चढ्ने भारतीय नम्बर प्लेटको उक्त मोटरसाइलबाट लागुऔषध नाइट्रोभेट प्रहरीले फेला पारेको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट पत्रकार संजय सहनीको निर्देशनमा धिरज यादव र सर्लाहीका जितेशकुमार यादवले पत्रकार मोजुबुल्लाह चढ्दै आएको मोटरसाइकलमा १ सय ५ वटा लागुऔषध नाइट्रोभेट राखेको खुलेको प्रहरीले जनाएको थियो ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्दा पत्रकार मोजुबुल्लाहलाई फसाउन खोजेको तथ्य पत्ता लागेको हो ।

पत्रकारको मोटर साइकलमा लागूऔषध नाइँट्रोभेट १०५ ट्याब्लेट अन्य व्यक्तिसित राख्न लगाई समातेको घटना प्रहरी उपरीक्षक शाहको संग्लनतामा भएको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रहरी उपरीक्षक शाहलाई जिम्मेवारीमुक्त गरिएको थियो ।

नेपाल प्रहरीका तत्कालीन केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवर (हालका आईजीपी)का अनुसार घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको थियो ।

प्रहरी उपरीक्षक शाह विदामा घर गएको बेला निमित प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाको उपस्थितिमा योजनाबद्ध रुपमा निर्दोष पत्रकारलाई फसाईएकोले घटनाको जिम्मेवार चिमोरिया समेत रहेकोले उहालाई पनि छानविनको दायरामा ल्याउनु पर्ने रौतहटका पत्रकारहरूले माग गरेका थिए ।

Published : Sunday, 2024 January 7, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया