बरहथवा घटनाले उग्ररुप लियो, छानविन गर्न समिति नै गठन

काठमाडौं । गृह मन्त्रालयले बरहथवा घटना छानविन गर्न सह–सचिव थानेश्वर गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले शनिबार समिति गठन गरेको छ ।

घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका गौतमको समितिलाई कार्यदेश दिएको छ ।

समितिको सदस्यमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् ।

सर्लाहीमा पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर प्रदर्शन भएको थियो ।

झडपमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नं. ५ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो ।

साहको शव बिगत तीन दिनदेखि गोली लागेर ढलेकै स्थानमा शव रहेको छ । आफन्तले शहीद घोषणाको माग गरेर शव उठाउन मानेका छैनन् ।

Published : Sunday, 2024 January 7, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया