सशस्त्र प्रहरीले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने, विजेताले नगद पुरस्कार पाउने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २३औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक सवैमा २०८० पुस २९ गतेभित्र सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशसँग सम्बन्धित रहेर ३ सय शब्दमा नबढाई मेला ([email protected])मा प्राप्त हुने गरी कविता पठाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी प्रतियोगीहरूमध्ये उत्कृष्टमा परेका १० जनाले माघ ५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कविता वाचन गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुनेले सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशहरू नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, आतंककारी गतिविधि नियन्त्रण गर्न, दंगा नियन्त्रण गर्न, दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन, नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भीर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न, नेपालको सीमा सुरक्षा गर्न, वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न, नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न, नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न, सशस्त्र प्रहरी बल नेपालको ऐन र ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरू गर्न, नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न, नेपाल सरकार मन्त्रिपरिषदको २०६९ असोज ११ गतेको निर्णयनुसार राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्न र २०७७ पुष १५ गतेको निर्णयनुसार रेलवे सुरक्षा गर्न अन्तर्गत रहेर कविता लेख्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार रु. ५० हजार द्वितीय पुरस्कार रु. ३० हजार तृतीय पुरस्कार रु. १५ हजार र उत्कृष्ठमा परेका ७ सात जना प्रतियोगीहरुलाई समेत जनही रु. ७ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

Published : Friday, 2024 January 5, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया