सभापति देउवासँग विदेशमन्त्री जयशंकरद्वारा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री एस.जयशंकरले भेटवार्ता गरेका छन् ।

काठमाडौंमा बिहीबार सभापति देउवासँग विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्धका बारेमा कुराकानी भएको विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जनाएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आज भेट्न पाउँदा खुसी लाग्यो ।’

विदेशमन्त्री जयशंकरले भने, ‘नेपाल–भारत सम्बन्धमा भएको प्रगतिबारे वहाँसँग छलफल भयो । साथै हाम्रो बढ्दो सहकार्यमा वहाँको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरेँ ।’

सभापति देउवाले पनि भारतले नेपाललाई गरेको सहयोग र मित्रताको सह्राना गरेका छन् । देउवाले आगामी दिनमा पनि नेपाललाई भारतको सहयोग निरन्तर रहनेमा विश्वास लिएका छन् ।

Published : Friday, 2024 January 5, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया