सशस्त्र प्रहरीमा ईन्स्पेक्टरसहित विभिन्न २८८ पदहरूमा आवेदन माग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रहरी निरीक्षक (ईन्स्पेक्टर)सहित २८८ जनाको आवेदन माग गरेको छ ।

शुक्रवार सूचना प्रकाशन गरेर सशस्त्र प्रहरीले २८८ जनाको आवेदन माग गरेको हो ।

माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन् ।

प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ ।

Published : Friday, 2024 January 5, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया