बागमती र मधेश बाहेक अन्य प्रदेशबाट एमालेका उम्मेदवारहरूको नाम सिफारिस

काठमाडौं । नेकपा (एमाले)का विभिन्न कमिटीहरूले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाएका छन् ।

कोशी प्रदेश कमिटीले अन्य क्लस्टरतर्फ झापाका उमानाथ ओली, हरिचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घलेलाई सिफारिस गरेको छ ।

महिलातर्फ इलामकी रजनी मेचे र सुनसरीका मेचीमाया धिमाल र रूक्मिणी कोइरालालाई सिफारिस गरेको छ ।

गण्डकी प्रदेश कमिटीले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको छ ।

अपाङ्गता/अल्पसंख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मीना बराम सिफारिस भएका छन् ।

महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरूङ, स्याङ्जाका ईश्वरी सिग्देल अर्याल सिफारिस भएका छन् ।

लुम्बिनी प्रदेशले पाल्पाका झपेन्द्र जिसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरूङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मा सिफारिस भएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशले १० जनाको नाम सिफारिस गरेको छ ।

कर्णालीले खुला (अन्य)तर्फ जाजरकोटका कृष्णबहादुर शाह, जुम्लाका बलबहाुदुर महत, मुगुका डिल्ली भट्ट सिफारिस भएका छन् ।

दलिततर्फ दैलेखका हिक्मत बिक, सुर्खेतका बलबहादुर नेपाली, हुुम्लाका पर्वत सुनार, रूकुमपश्चिमका शशिराम नेपाली सिफारिस भएका छन् ।

महिलातर्फ डोल्पाका बदमी क्वारा बोहोरा, हुम्लाका विमलाकुमारी शाही र कालिकोट सुभद्रा सिंह सिफारिस भएका छन् ।

सुदूरपश्चिम प्रदेशले महिलातर्फ कैलालीकी सावित्री घिमिरे, कैलालीकै कमला केसी र कञ्चनपुरकी चित्रकुमारी चौधरी सिफारिस भएका छन् ।

अल्पसंख्यक निर्वाचन क्षेत्र कञ्चनपुरका हरिदत्त भट्ट, कैलालीका रामदत्त जोशी र कञ्चनपुरकी अनिता ढुंगाना सिफारिस भएका छन् ।

खुला (अन्य) तर्फ कैलालीका होरीलाल चौधरी, कञ्चनपुरकी ईश्वरी खरेल, डोटीका डिल्लीराज भट्ट र बाजुराका रंगमान शाही रहेका छन् ।

एमालेले मधेश र बागमती प्रदेशले उम्मेदवार सिफारिस टुंग्याउन बाँकी रहेको छ ।

Published : Friday, 2024 January 5, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया