आइसिसी यू-१९ विश्वकपका लागि नेपाली टिमको घोषणा
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/01/Cricket-Nepal.jpg?resize=810%2C387)
काठमाडौं । नेपाल क्रिकेट संघले आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ ।
दक्षिण अफ्रिकामा १९ जनावरीदेखि हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्नेछन् । विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन् । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ ।
२४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ । नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ । वाम अपअघि नेपाली टिम अभ्यासको लागि दक्षिण अफ्रिकी पुग्नेछ ।
नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा (ए), दीपक बोहरा (बी), उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया