बबी–रणवीरको ‘एनिमल’द्वारा ‘पठान’को रेकर्ड ब्रेक

मुम्बई । सन् २०२३ को सुरुमा रिलिज भएको अभिनेता शाहरूख खानको फिल्म ‘पठान’ होस् वा ‘गदर–२’, ‘जवान’, ‘एनिमल’ र ‘सालार’जस्ता धेरै फिल्मले धुम मच्चाउन सफल भएका छन् ।

शाहरूख खानका लागि भने विगतको वर्ष निकै नै विशेष रह्यो । उनले तीनवटा फिल्म ल्याए, जसमध्ये दुई ब्लकबस्टर र एउटा हिट भएका थिए ।

शाहरूख खानका फिल्म ‘पठान’ र ‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममा दरिन पुगे ।

सन् २०२३ को अन्त्य, रणवीर कपूरको फिल्म ‘एनिमल’ले शाहरूख खानको एक फिल्मको रेकर्ड तोड्यो ।

गत वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बन्न् पुगेको छ । शाहरूख खानको फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा कुल ५४०.५१ करोडको व्यापार गरेको थियो ।

‘पठान’को व्यापारलाई ३१औँ दिन रणवीर कपूर अभिनित ‘एनिमल’ले रेकर्ड ब्रेक गरेको छ ।

फिल्म ‘एनिमल’ले ३१औँ दिन बक्स अफिसमा ४ करोड कमाएको छ । ‘एनिमल’को भारतमा कुल बक्स अफिस कलेक्सन ५४४.९३ करोड पुगेको छ ।

‘एनिमल’ले बक्स अफिसमा दर्शकको निकै माया पाइरहेको छ । फिल्ममा रणवीर कपूर, बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर र तृप्ति डिमरी मुख्य भूमिकामा छन् ।

फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका छन् । फिल्ममा बबी देवल र रणवीर कपूरको भूमिकाले निकै चर्चा कमाएको छ । एजेन्सी

Published : Thursday, 2024 January 4, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया