उच्च अदालतको न्यायाधीशमा को–को नियुक्त ? सूचीमा खोटाङका राई र दाङका धिताल पनि

काठमाडौं । न्याय परिषदले उच्च अदालतमा रिक्तमध्ये ५७ जनालाई न्यायाधीशमा नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश रहेका ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा परिषदले नियुक्त गरेको छ । केही कानून व्यवसायीहरू पनि नियुक्तिमा परेका छन् ।

जिल्ला अदालतको न्यायाधीशबाट २६ जना नियुक्त भएका छन् । महेन्द्रबहादुर कार्की, गोपालप्रसाद बास्तोला, राजेन्द्र अधिकारी, गिरीराज गौतम, बसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय न्यायाधीश भएका छन् ।

युवराज गौतम, केशवप्रसाद बास्तोला, जयानन्द पनेरु, खड्कबहादुर केसी, कैलाशप्रसाद सुवेदी पनि न्यायाधीश भएका छन् ।

उच्च अदालतको न्यायाधीशमा अधिवक्ताहरूबाट पनि नियुक्त गरिएको छ ।

अधिवक्ताहरू खेमराज भट्ट, अस्मिनकुमार राई, मात्रिकाप्रसाद भण्डारी, नरबहादुर खड्का, सानुमैया डंगोल, सरला मोक्तान, नरेशकुमार चौधरी, कैलाश गुरुङ, माधव धिताल पनि नियुक्त भएका छन् । माधव धिताल दाङका हुन् । अस्मिनकुमार राई राई खोटाङका हुन् ।

Published : Thursday, 2024 January 4, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया