एमालेले कांग्रेस-माओवादीसँग ‘भिख’ माग्यो, निकै खराब अवस्थामा पुगे ओली

काठमाडौं । आफ्नै अहँकार र घमण्डले सत्ताभन्दा बाहिर पुगेको नेकपा (एमाले)ले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग राष्ट्रिय सभाको ६ वटा टिकट ‘भिख’ माग गरेको छ ।

माग ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले १९ सिटमा शून्य हुने अवस्था छ । शून्य हुने भएपछि एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग ६ सिट मागेको स्रोतले जनाएको छ ।

एमालेका अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचनमा ६ सिट दिएमा शान्ति प्रक्रियासँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक पारित गर्न सहयोग गर्ने अन्यथा असहयोग गर्ने धम्की दिएको छ । शान्ति प्रक्रिया टुंग्याउने दायित्व एमालेको पनि हो । तर, एमालेले शान्ति प्रक्रियाको विषयलाई मागेर खाने भाँडो बनाएको आरोप लागेको छ ।

सबैतिरबाट एक्लिएको एमालेले राष्ट्रियसभामा भिख माग गरेपछि एमालेको औकात र हैसियत कुन अवस्थामा रहेको छ भनेर स्पष्ट देखिएको छ ।

विगतमा एमालेले नेपाली कांग्रेसलाई राष्ट्रियसभा निर्वाचनमा निकै अपमानपूर्ण टिकाटिप्पणी गरेको थियो । अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग भिख माग्ने अवस्थामा एमालेका अध्यक्ष ओली पुगेका छन् ।

Published : Thursday, 2024 January 4, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया