त्रिविको रजिष्ट्रारमा डा.बस्याल नियुक्त

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयले कानून संकायका डीन डा.कृष्णप्रसाद बस्याललाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेको छ ।

पुस १२ गते निवर्तमान रजिष्ट्रार पेशल दाहालको कार्यवधि पूरा भएको थियो । रिक्त रहेको पदमा बुधबार निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुषालले डा.बस्याललाई निमित्त रजिष्ट्रारको रुपमा नियुक्त गरेका हुन् ।

Published : Wednesday, 2024 January 3, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया