प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

साेमबार बिहान दाहालले ओेलीलाई बालुवाटारमा बाेलाएर पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेकाे स्रोतले जनाएको छ । याे भेटवार्तालाई दाहाल र ओलीले लुकाउन चाहेका छन् ।

राष्ट्रिय सभाकाे चुनाव आउँदै गरेका बेला दाहाल र ओलीबीच भेटवार्ता भएकाे छ । दाहालले नेपाली कांग्रेसमाथि दवाव बढाउन ओेलीसंग भेट गरेको चर्चा छ ।

Published : Tuesday, 2024 January 2, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया