प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल, कांग्रेसका पदाधिकारीहरू सहभागी

काठमाडौं । प्रधानमन्त्री समेत रहेकामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राष्ट्रिय सभा सदस्यको टिकटकाे भागबन्डाका विषयमा छलफल भएकाे छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र देउवाबीच भएकाे छलफलमा राष्ट्रिय सभा निर्वाचनको तयारी र विविध राजनीतिक विषयमा छलफल भएकाे हाे ।

बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए ।

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । चुनावको मिति नजिकिएसँग सत्ता साझेदार दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन् ।

Published : Tuesday, 2024 January 2, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया