आईजीपीले भने, ‘मन्त्री त्यो रुटमा नगएको भए बालकुमारी घटना हुँदैन थियो’

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले भौतिक योजना तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई सुरक्षा दिने क्रममा बालकुमारी घटना भएको बताएका छन् ।

सोमबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बयान दिँदै आईजीपी कुँवरले मन्त्री ज्वाला सवार गाडी त्यो दिन युवाहरुको प्रदर्शन भइरहेको ठाउँमा नआएको भए घटना नहुन सक्ने अनुमान गरेका छन् ।

सांसदहरुले बालकुमारी घटना कसरी भयो भनेर आईजीपीको जवाफ माग गरेका थिए । उनीहरुले सुरक्षाकर्मीको भूमिकाका विषयमा पनि प्रश्न उठाएका छन् ।

Published : Monday, 2024 January 1, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया