तरुण दल, नेविसंघसहितका भ्रातृ संस्थाहरुको छ महिना म्याद थप

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको कार्यविधि थप गरेर ६ महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको छ ।

आइतबार कांग्रेसले विज्ञप्ति जारी गरेर भनेको छ, ‘पार्टीका देहाय बमोजिमका भ्रातृ संघका तदर्थ समितिको विधान बमोजिम अवधि समाप्त भएकोले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी कार्यावधि थप गर्ने ।’

कांग्रेसले (क) नेपाल विद्यार्थी संघ, (ख) नेपाल तरुण दल, (ग) नेपाल महिला संघ, (घ) नेपाल किसान महासंघ, (ङ) नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ र (च) नेपाल लोकतान्त्रिक खेलकूद संघको म्याद थप भएको छ ।

Published : Monday, 2024 January 1, 9:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया