राष्ट्रिय सभाको टिकटका लागि यस्तो बन्यो कांग्रेसको कार्यविधि

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारूढ गठनबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

कांग्रेसद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार कांग्रेसले उम्मेद्वार प्रस्तुत गर्दा विधानको धारा ३२(९) बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरू मध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिने जनाएको छ ।

‘पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पु¥याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिनेछ’, कांग्रेसले भनेको छ ।

Published : Sunday, 2023 December 31, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया