खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको भव्य सालिक अनावरण, पूर्वराजालाई स्वागत

चन्द्रौटा । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको खरेन्द्रपुरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् ।

शनिबार पूर्वराजा शाहले पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका हुन् । सालिक अनावरण गर्न पूर्वराजा शाह पत्नी कोमल शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहकासाथ आएका थिए ।

सालिक अनावरण गर्न आएका पूर्वराजा शाहलाई भव्य स्वागत गरिएको छ । भैरहवाबाट लुम्बिनी, तौलिहवा, बहादुरगञ्ज, चन्द्रौटा हुँदै पूर्वराजा शाह खरेन्द्रपुर आइपुगेका थिए ।

पूर्वराजा शाहले कपिलवस्तुको शिवराज नगरपालिकामा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको नवनिर्मित शालिक मेटलबाट बनेको छ ।

चन्द्रौटामा पृथ्वीनारायण शाह घोडामा सवार भएर युद्धमा जाँदै गरेको सालिक निर्माण गरिएको छ ।

सालिक अनावरणका लागि राखिएको कार्यक्रममा पूर्वराजा शाहलाई शिवराज नगरपालिकाका प्रमुख अजय थापाले स्वागत गरेका थिए । सालिक शिवराज नगरपालिकाको २५ लाख लागतमा बनाइएको छ ।

Published : Sunday, 2023 December 31, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया