पर्वती थापा काठमाडौंबाट पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2023/12/Parbati-Thapa-3.jpg?resize=825%2C479)
काठमाडौं । अमेरिका पठाउने भनेर करिब १४ लाखभन्दा धेरै रकम लिएर सम्पर्कविहीन भएकी ४६ वर्षीया पार्वती थापालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले थापालाई पक्राउ गरेको जनाएको छ । थापाको स्थायी घर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ रहेको छ । थापा काठमाडौं–२६ सामाखुसीमा बस्दै आएकी थिइन् ।
थापाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी हेमराज रेग्मीसँग १४ लाख ९० हजार रुपियाँ लिई सम्पर्कविहीन भएकी थिइन् ।
थापाले वैदेशिक रोजगारीका लागि अमेरिका जान तीन लाख रुपियाँ लाग्ने र प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख ५० हजार हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।
शाहीले रेग्मीसँग १४ लाख ९० हजार लिई सम्पर्कविहीन भएका थिए । थापालाई बिहीबार काठमाडौं–२६ सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।
थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया