पत्नी रन्जुलाई सुराकी बनाइ अकुत कमाएर पेन्सन खाने पूर्व डीआईजीको निच हर्कत

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनका बेला जमानत जफत भएका नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध जथाभावी अभिव्यक्ति दिएका छन् ।

पूर्व डीआईजी खरेलले प्रधानमन्त्री दाहालविरुद्ध आफ्नो मर्यादा विपरित अभिव्यक्ति दिएका हुन् । राज्य कोषबाट पेन्सन खाएर प्रधानमन्त्री दाहालको आलोचना गर्दै आएका खरेललाई औकातमा बस्न सामाजिक सञ्जालमा सुझाव दिइएको छ ।

प्रहरीको डीआईजी पदबाट राजीनामा दिएर राजनीतिमा लागेका खरेलले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेर बाराबाट उपनिर्वाचनमा उम्मेदवार बनेका थिए । उपनिर्वाचनमा खरेलले जमानत जफत गराएका थिए । काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका खरेल मतपरिणाम गणनका बेला सबैभन्दा पुछारमा थिए ।

आफ्नी पत्नी रन्जु खरेललाई सुन काण्डको सुराकी खडा गरेर अकुत सम्पत्ति कुम्ल्याएका खरेलले निकै आदर्शकका कुरा गर्ने गरेका छन् । पूर्व डीआईजी खरेलका हर्कतको सबैले निगरानी गरेका छन् ।

पूर्व डीआईजी खरेलले भने, ‘प्रधानमन्त्री ज्यूको सम्वोधन पढेँ । एउटा काम गर्नोस, तपाईको पुत्री गंगा दाहाललाई बालुवाटार छिर्न नदिनोस् र हरिबोल गजुरेललाई पुनः सल्लाहकारमा नियुक्ति गर्नुहोस् तर, सेवा सुविधा नदिइकन ।’

‘पारदर्शिताको लागि तपाईसँग भेटघाट गर्न आउने असल नियतका मानिस लगाएत दलाल, विचौलिया, अपराधी, तस्कर र लम्पसारवादसंगको छलफल आम नागरिकले हेर्न र बुझ्न सक्ने गरी खुल्ला मन्चमा स्क्रिन जडान गरी प्रत्यक्ष प्रसारण गर्नुहोस्’, खरेलले फेसबुकमा लेखेका छन् ।

उनले भने, ‘अनिमात्र हामी तपाईका भनाई र गराईमा विश्वास गर्न सक्छौँ ।’ पत्नीलाई सुराकी बनाएर अकुत कमाएर भ्रष्टार गरेका पूर्वडीआईजी खरेलका अहिले निकै ठूला र चर्का अभिव्यक्ति आउने गरेका छन् । रवि लामिछानेको पुच्छर बनेका खरेका दिनगन्ती शुरु भएका छन् । खरेललाई सर्वसाधारणले राजनीतिक रुपमा थप बदला लिने तयारी गरेका छन् ।

खरेल नेपाल प्रहरीमा भलिबल खेलाडीको रुपमा प्रहरी जवान पदमा प्रवेश गरेका थिए । प्रहरीमा तत्कालीन समयमा अच्युतकृष्ण खरेल आईजीपी थिए । अच्युतकृष्ण खरेलले रमेश खरेललाई ईन्स्पेक्टर पदमा नियुक्ति गरेका थिए । पछि डीआईजी पदबाट राजीनामा दिएर राजनीतिमा लागेका रमेश खरेलका हर्कत निकै तल्लोस्तरका छन् ।

प्रहरीमा रहेका बेला सर्वसाधारणलाई फसाएर हैरान बनाएका खरेललाई जनताले निर्वाचनका बेला जमानत जफत गरेर बदला लिएका छन् ।

Published : Thursday, 2023 December 28, 11:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया