कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने, के विषयमा हुनेछ छलफल ?

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्न लागेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे कांग्रेसको बैठक बस्न लागेको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुन सक्नेछ ।

कांग्रेसको भागमा कति सिट पर्ने हो त्यसबारेमा टुंगो लागेको छैन । सोही कारण निर्वाचनका बारेमा विषय प्रवेश नहुन पनि सक्छ ।

सरकारको कामकारबाही र समीक्षाका विषयमा छलफल हुन सक्ने नेता योगेन्द्र चौधरीले बताएका छन् ।

Published : Thursday, 2023 December 28, 7:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया