चारैतिरबाट घेरामा परे प्रदीप, जति बेला पनि संकटमा पर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हटाउन सकिन्छकि भनेर क्रिश्चियन धर्मबारे दिएको अभिव्यक्तिलाई निकै उचालेका छन् ।

सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीको जिब्रो चिप्लिएपछि क्रिश्चियन धर्मको बारेमा अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर अधिकारीले किराँतीलाई हटाउन सकिन्छकि भनेर खेलकुद गरेको स्रोतले जनाएको छ ।

उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयनको कर्मचारी सुन काण्डमा पक्राउ पर्न थालेपछि महानिर्देशक अधिकारी डराएका छन् । अधिकारीले नै पक्राउ परेका पूर्वकर्मचारीहरूलाई थुन्न लगाएको आरोप छ ।

छानविन आयोगले प्राधिकरणको कर्मचारीको फोन नम्बरको विवरण माग्दा महानिर्देशक अधिकारीले विवरण नदिन आदेश दिएको स्रोतले जनाएको छ ।

सुन काण्डमा विवादास्पद व्यापारी दीपक मलहोत्रासम्म मुछिएका छन् । अधिकारी आफू पनि सुन काण्डमा पर्ने हो कि भनेर डराएको एक कर्मचारीले बताएका छन् ।

छानविन आयोगले सुन काण्ड छानविन गर्न सीआईबीलाई जिम्मा दिएको छ । सीआईबीले सुन काण्ड छानविन गर्न हात हालेपछि महानिर्देशक अधिकारी निकै आत्तिएका छन् ।

संसदीय समितिमा महानिर्देशक अधिकारीलाई झिकाएर नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले सातो लिएका थिए ।

राणाले ईयूको रिपोर्टको बारेमा अघिल्लो पल्ट समितिलाई झुटो बोल्यौ भनेर मुखैमा भनेका थिए ।

नागरिक उड्डयनको कार्यप्रति ईयूले नकारात्मक रिपोर्ट दिएपनि नेपाल वायुसेवा निगम र श्री एयरलाई दोष दिएर झुटो बोलेको भनेर अधिकारीको सातो लिने कार्य भएको थियो ।

महानिर्देशक अधिकारीले हिमालयन एयरको राम्रो रिपोर्ट भएको र निगमकै कारणले कालो सूचीमा भएको रटान लगाइरहेका छन् ।

महानिर्देशक अधिकारीले सफेद झुट बोल्ने गर्छन् । नजिकबाट चिन्नेहरूले भन्छन् काम लिनको लागि जस्तो पनि झुटो बोल्ने हैसियत अधिकारीले राख्ने गरेका छन् ।

महानिर्देशक हुन क्षेत्रीय विमानस्थलको हाकिमसंग सुंगुरलाई दाना ख्वाउन पैसा चाहियो भनेर तत्कालीन मन्त्री प्रेम आलेलाई ख्वाएर अधिकारीले महानिर्देशक पद पाएको आरोप छ ।

अधिकारी एमालैबाट राजनीति गरेका थिए । हाल उनी नेकपा (एकीकृत समाजवादी)संग नजिक छन् ।

महानिर्देशक अधिकारीले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालसँग निकट रहेको बताउने गरेको स्रोतले जनाएको छ । तर, गंगाले पनि अधिकारीले रुचाएकी छैनिन् ।

महानिर्देशक अधिकारीले स–साना कर्मचारीलाई अपशब्द बोलेर हैरान बनाएका छन् । प्राधिकरणमा अधिकारीले किराँतीलाई हटाएर खसी काटेर भोज खोन बताउने गरेका छन् ।

Published : Wednesday, 2023 December 27, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया